प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरूसँग मनग्य सुन रहेको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा धेरै जसो मन्त्रीहरुसँग ठूलो मात्रामा सुन रहेको छ ।
प्रधानमन्त्री शाहले श्रीमतीसँग एक सय ९० तोला सुन चाँदीका गहना रहेको उल्लेख गरेका छन्। उनले कति सुन र कति चाँदी भनेर प्रष्ट खुलाएका छैनन्।
त्यस्तै, उद्योगमन्त्री गौरीकुमार यादबसँग सुनका गहना मात्र एक सय ८० तोला छ।
गृहमन्त्री सुधन गुरुङ पनि धेरै सुन हुनेमा पर्दछन्। उनीसँग ८९ तोला सुन छ । त्यस्तै, श्रममन्त्री रामजी यादबसँग् ८० तोला तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ।
प्रधानमन्त्री र मन्त्रीसँग कति सुन ?
बालेन्द्र शाहः १९०
डा.स्वर्णिम वाग्लेः ४५ तोला
शिशिर खनालः २२ तोला
विराजभक्त श्रेष्ठः १५ तोला
सुधन गुरुङः ८९ तोला
सुनिल लम्सालः ३० तोला
सोविता गौतमः १५ तोला
सिता बादीः १८ तोला
प्रतिभा रावलः २५ तोला
निशा मेहताः ३० तोला
सस्मित पोखरेलः २५ तोला
खडकराज पौडेलः ११ तोला
डा.बिक्रम तिमल्सिनाः १९.५ तोला
गिता चौधरीः ५ तोला
गौरीकुमारी यादबः १८० तोला
रामजी यादबः ८० तोला
