सुबिसु र आइपिभी सिक्सबिच सम्झौता

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु लिमिटेड र एसिया–प्रशान्त क्षेत्रमा आइपिभी सिक्स प्रवर्द्धनमा काम गर्ने संस्था एपाक आइपिभी सिक्स काउन्सिलबिच सहकार्यका लागि सम्झौता भएको छ ।

काठमाडौंमा हालै आयोजित चौथो एपाक आइपिभी सिक्स काउन्सिल मिटको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

यो सहकार्य सम्झौताले दुई संस्थाबिच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचारप्रसारको ढोका खोलेको छ । यस समझदारीअन्तर्गत सुबिसु लिमिटेडले एप्याक आइपिभी सिक्स काउन्सिलको संस्थागत सदस्यताका रूपमा सहभागी हुने अवसर पनि पाउनेछ ।

काउन्सिल भनेको आइपिभी सिक्स फोरमको एसिया प्रशान्त च्याप्टर हो, जसको उद्देश्य यस क्षेत्रमा आइपिभी सिक्सको प्रवर्द्धन र विस्तार गर्नु हो । यसमा व्यक्तिगत तथा संस्थागत सदस्यहरू रहेका छन् र यसले नेटवर्किङ तथा दूरसञ्चार पूर्वाधारमा आइपिभी सिक्सको सफल एकीकरणका लागि प्राविधिक नेतृत्व प्रदान गर्छ । आइपिभी सिक्सको अवलम्बन भविष्यको इन्टरनेट विस्तार, आइओटी र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ । यस सम्झौताले नेपालका संस्थाहरूलाई यस दिशामा अघि बढ्न प्रेरणा दिने कम्पनीले जनाएको छ ।

सुबिसु लिमिटेड विगत २५ वर्षदेखि नेपालमा ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी र डिजिटल सेवा प्रदान गर्दै आइरहेको छ । यस समझदारी हस्ताक्षरसँगै सुबिसु काउन्सिलको संस्थागत विशिष्ट सदस्य बन्ने अवसर पाएको छ, जसले नेपालको प्राविधिक समुदायलाई क्षेत्रीय र वैश्विक मञ्चमा प्रतिनिधित्व गर्ने अवसर 
प्रदान गर्नेछ ।

एपाक आइपिभी सिक्स काउन्सिल मिट कार्यक्रमलाई नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरइएन), इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिआइएक्स) तथा तथा नोपल नेटवर्क अपरेसन ग्रुप, इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाललगायत संस्थाको सहयोग गरिरहेका छन् । 

See More On

सुझावित समाचार