नेपालका पत्रकार नरेन्द्र श्रेष्ठको फोटो यस वर्षको वर्ल्डप्रेस फोटोमा उत्कृष्ट भएको छ। जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जल्दै गरेको फोटो वर्ल्डप्रेस फोटो प्रतियोगितामा उत्कृष्ट भएको हो।
यसपटक १४१ देशका ३७ हजार ४७ फोटो पत्रकारहरू प्रतियोगितामा सहभागी भएका थिए। ‘मैले २५ वर्षदेखि निरन्तर रूपमा लागिरहेको थिएँ। यसपटक सफलता पाउँदा एकदमै खुसी छु,’ श्रेष्ठले भने, 'विश्वका कुनै पनि फोटो पत्रकारहरूका लागि यो प्रतियोगितामा जित्नु निकै ठुलो कुरा हो।’
नेदरल्यान्डसमा रहेको यो गैरसरकारी संस्थाले विश्वभर फोटो प्रदर्शनीलगायतका गतिविधि गर्छ। श्रेष्ठले वर्ल्डप्रेस फोटोमा चयन भएको फोटो युरोपियन फोटो एजेन्सी (इपिए)का लागि खिचेका हुन्।