संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

संघीय संसद्का दुवै सदनको चालू अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिवेशन अन्त्य गरेका हुन्।

त्यसअघि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। सोही दिन प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुनेछ।

सुझावित समाचार