सुबिसुको आयोजनामा काठमाडौंमा ‘एपाक आइपिभी सिक्स काउन्सिल मिट’ हुँदै

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

सुबिसु लिमिटेडले चौथो एपाक आइपिभी सिक्स काउन्सिल मिट आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन यही अप्रिल ९ र १० (चैत २७ र २८)मा काठमाडौंको होटेल र्‍याडिसनमा हुनेछ।

नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको कम्पनीले जनाएको छ। सम्मेलनले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा फाइभ–जी, स्मार्ट सिटी र ठुला औद्योगिक स्वचालनजस्ता नवीनतम प्रविधिहरूका लागि आवश्यक असीमित ठेगाना IPv6 ले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट हुनेछ। यसले नेटवर्कहरूमा बढ्दो साइबर खतराबारे पनि ध्यानाकर्षण गराउनेछ।

यस वर्षको सम्मेलन विशेष गरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चरमा IPv6 को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ।

See More On

सुझावित समाचार