करोडौँ ठगी गरेको आरोपमा एकजना पक्राउ

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

सुर्खेतमा करोडौँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न लोक सेवा, शिक्षा सेवा, प्रहरी र सेनामा लिखित परीक्षा तथा अन्तरवा्र्ता पास गराई दिन्छु भनेर करोडौँ रकम असुलेको आरोपमा जिल्ला दैलेख भगवतीमाई गाउँपालिका–७ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२२ वर्षीया पवन विकलाई पक्राउ गरेको हो ।

जैसरा थापाको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी विकसमेत नेपाल प्रहरी तथा अन्य लोकसेवालगायतका भएका अन्तवार्ता तथा लिखित परिक्षामा उत्तीर्ण गराईदिन्छु भनि पिडितहरुबाट करोडौँ ठगी गरेको मिसिल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी मोहनजंग बुढथापाले बताए ।

‘फरार रहेका प्रतिवादी पवन विकलाई खोजतलास गर्दै जाँदा आज दिउँसो एक बजेको समयमा लुकिछिपी बसेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–६ बाट पक्राउ गरिएको हो,’ उनले भने,‘ठगी मुद्दामा अनुसन्धान कार्य भईरहेको छ ।’ सूचना अधिकारी बुढथापाका अनुसार अहिले एक जनाले मात्रै जाहेरी दिएको उनले दुई लाख मात्र बताए पनि अरु धेरै पीडित रहेको र विकविरुद्ध जाहेरी दिने क्रम जारी रहेको बताए । घटनाको अनुसन्धानबाट विकले करोडौँ ठगेको हुन सक्ने उनको भनाइ छ ।

सुझावित समाचार