सिएफ मोटोका स्पेयर पार्टस् देशभर उपलब्ध

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

सिएफ मोटो नेपालले देशका विभिन्न प्रमुख सहरहरूमा आफ्ना जेन्युइन स्पेयर पार्टस् किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ । ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित कम्पनीले यो घोषणा गरेको हो । यस पहलले देशभरका सिएफ मोटो प्रयोगकर्तालाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ । 

सिएफले नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ । काठमाडौं उपत्यकाभित्र तथा बाहिर दुवै क्षेत्रमा स्पेयर पार्टस्को सहज उपलब्धता सुनिश्चित गर्दै आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको दाबी गरिएको छ । कम्पनीले स्पेयर पार्टस्को मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको पनि बताइएको छ । 

कम्पनीका अनुसार ग्राहकले उपत्यकाभित्र कालोपुल, बुद्धनगर, सल्लाघारीस्थित आधिकारिक केन्द्रमा जेज्युइन स्पेयर पार्टस् उपलब्ध हुनेछन् । त्यस्तै, उपत्यकाबाहिर बिर्तामोड, इटहरी, हेटौँडा, चितवन, बुटवल, पोखरा, नेपालगन्जमा पनि स्पेयर पार्टस् उपलब्ध हुने कम्पनीको भनाइ छ । 

देशभर स्पेयर पार्टस्को उपलब्धता विस्तार गरेसँगै कम्पनीले ग्राहकको समय बचत गर्ने र मर्मत सेवा अझ सहज बनाउने लक्ष्य राखेको छ ।

सुझावित समाचार