अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन सरकार सुशासनतर्फ केन्द्रित भएर अघि बढिरहेको बताएका छन्। सोमबार स्टक ब्रोकर एसाेसिएसनका प्रतिनिधिहरूसँग भएको भेटघाटमा मन्त्री वाग्लेले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै आवश्यक सुधारहरू कार्यान्वयन गरिने स्पष्ट पारे। उनले देशलाई ग्रे लिस्टबाट हटाउन सुशासन अपरिहार्य रहेको र यसमा जनमत पनि सरकारकै पक्षमा रहेको उल्लेख गरे।
मन्त्री वाग्लेले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निजी क्षेत्रविरोधी नभएको स्पष्ट पार्दै लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताए। साथै, आगामी बजेटलाई ०४८ सालपछिकै सबैभन्दा रूपान्तरणकारी र ऐतिहासिक बनाउने दाबी गरे।
उनले अर्थतन्त्र सुधारको सकारात्मक संकेत देखिन थालेको भन्दै अफवाहको पछि नलाग्न आग्रह गरे।