स्ट्यान्डर्ड चार्टर्डको सञ्चालकमा पौड्याल

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको १८ चैतमा बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई १९ चैतबाट लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका पौड्यालले यसअघि ग्लोबल आइएमई बैंक र सन्राइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

लन्डन स्कुल अफ कमर्स, बेलायतबाट एमबिए गरेका पौड्यालको नियुक्तिले यस बैंकको कार्यक्षमतामा थप सहयोग पुग्ने विश्वास गरिएको छ । यो नयाँ नियुक्तिसँगै बैंकले सुशासन र व्यावसायिक सेवा सुदृढ बनाउने लक्ष्य राखेको छ ।

सुझावित समाचार