फेवाताल किनारमा निर्माण गरिएका मापदण्डविपरीतका अस्थायी संरचनामा चल्यो डोजर, ३२ संरचना हटाइयो

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

पर्यटनको राजधानी सहर पोखरास्थित फेवाताल किनारमा मापदण्डविपरीत निर्माण गरिएका अस्थायी संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ।

तालकिनारका मापदण्डविपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू हटाउन शुक्रबार मध्यरातमा गृह मन्त्रालयले निर्देशन दिएपछि पोखरा महानगरपालिकाले शनिबार बिहानै डोजर चलाएको हो।

नगर प्रहरी, नेपाल प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा पोखरा १८ सेदीस्थित रातेमाटो डाँडादेखि खपौदीसम्मको स्थानमा रहेका संरचनामा डोजर चलाइएको हो। यसैगरी, कर्ण शाक्यको वाटरफन्ट रिसोर्टसमेत गरी ३२ संरचनामा डोजर चलाइएको हो।

महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार अस्थायी संरचनामा मात्र डोजर चलाइएको जानकारी दिए। तालको संरक्षणसँगै ६५ मिटरभित्र पर्ने स्थानमा निर्माण गरिएका संरचनासँगै अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यसहित डोजर चलाइएको आचार्यको भनाइ छ। उता स्थानीयहरूले भने आफूहरूलाई खवर नगरी डोजर चलाइएको भन्दै विरोध गरेका छन्।
 

सुझावित समाचार