सुनको भाउ तोलामा तीन हजार ६ सय रुपैयाँले घट्यो

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला तीन हजार ६ सय रुपैयाँले घट्दै दुई लाख ९४ हजार रुपैयाँमा झरेको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँले घट्दै चार हजार ७८० रुपैयाँमा झरेको छ। हिजो चाँदी चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार यसको मूल्य चार हजार ८२० रुपैयाँ थियो।

सुझावित समाचार