हवाई इन्धनको भाउ प्रतिलिटर १२४ रुपैयाँ वृद्धि, अन्यको यथावत

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी आन्तरिक विमानले प्रयोग गर्ने हवाई इन्धनको भाउ प्रतिलिटर १ सय २४ रुपैयाँ बढाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय विमानले प्रयोग गर्ने भाउ प्रतिकिलोलिटर ८ सय १९ डलरले वृद्धि गरेको छ । मुल्यवृद्धि पछि आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर २ सय ५१ प्रतिलिटर पुगेको छ । त्रिभुवन विमानस्थलमा इन्धन भर्ने अन्तर्राष्ट्रिय विमानका लागि भने प्रतिकिलोलिटर १७ सय ८५ डलर पुगेको छ । पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ भने यथावत राखिएको छ ।

सुझावित समाचार