नयाँ वर्ष ०८३ को अवसर पारेर सामसङ नेपालले ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत कम्पनीले टेलिभिजन तथा होम एप्लायन्सहरूमा आकर्षक छुट, पक्का उपहार र २४ महिनासम्मको विस्तारित इएमआई सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।
कम्पनीका अनुसार यो योजना १ अप्रिलदेखि १४ मे २०२६ सम्म लागू हुनेछ । ग्राहकले भिजन एआई टिभी र बेस्पोक एआई घरेलु उपकरण खरिद गर्दा टेलिभिजनमा अधिकतम २५ प्रतिशतसम्म, वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसले नयाँ वर्षको सुरुवातमै घरायसी उपकरण अपग्रेड गर्न चाहने उपभोक्तालाई उपयोगी अफर भएको पनि कम्पनीले जनाएको छ ।
अफरलाई आकर्षक बनाउन टिभी खरिदमा तीन हजार रुपैयाँबराबरको १२ महिनासम्मको निःशुल्क नेटटिभी सुविधा दिने कम्पनीले घोषणा गरेको छ । केही मोडेलमा ६ किलो सरफ पनि पाउनेछन् ।
साथै, ग्राहकको सुविधालाई ध्यानमा राख्दै २४ महिनासम्मको इएमआई योजना पनि ल्याइएको छ । यस योजनाअन्तर्गत ५० हजार रुपैयाँभन्दा माथिका घरेलु उपकरण खरिदमा ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी रकम किस्ताबन्दीमा तिर्न सकिनेछ । यो सुविधाले मासिक किस्ता घटाउने र ग्राहकलाई अझै बढी लचिलोपन दिने बताइएको छ ।