राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटघाट गरेका छन्।
आफ्नो पदावधि सकिन लागेका प्रधानन्यायाधीश राउतले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भेट गरेका हुन्। प्रधानन्यायाधीश राउतले ६५ वर्षे उमेरहदका कारण १७ चैतदेखि अनिवार्य अवकाश पाउँदै छन्।