नेपाल सेरामिकले आइपिओ ल्याउने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

माछापुच्छ्रे  क्यापिटल लिमिटेड र नेपाल सेरामिक इन्डस्ट्री लिमिटेडबिच आइपिओ निष्कासनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपेन्द्र मालाकार र नेपाल सेरामिकका अध्यक्ष शम्भुनाथ झाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपाल सेरामिकले ३० लाख कित्ता प्राथमिक सार्वजनिक (आइपिओ) निष्कासन गर्नेछ । सो कम्पनीको आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटललाई नियुक्त गरिएको हो । 

माछापुच्छ्रे क्यापिटल  माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । यसले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।  

सुझावित समाचार