नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। बुधबारका लागि बैठक बोलाइएको हो।
शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेको अवस्थामा सो बैठक बोलाइएको हो। स्रोतका अनुसार केही नेतालाई कारबाहीको तयारी भइरहेको छ।
रमेश लेखक पक्राउको विषयमा पूर्णबहादुर खड्काले आफू कांग्रेसको कार्यबाहक सभापति भएको दाबी गर्दै छुट्टै विज्ञप्ति जारी गरेका थिए।