सुनको भाउ तोलामा पाँच हजार रुपैयाँ बढ्यो

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला पाँच हजार रुपैयाँले बढेर दुई लाख ८६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।

गत साताको तुलनामा पनि सुनको मूल्य वृद्धि भएको देखिएको छ। एक साताअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ रहेको थियो, जसले साताभरिमा कुल चार हजार रुपैयाँले वृद्धि भएको संकेत गर्छ।

यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेर आज चार हजार ७२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भएको थियो। साताअघि भने चाँदीको मूल्य प्रतितोला चार हजार ५४० रुपैयाँ रहेको थियो।

सुझावित समाचार