पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयाे

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

२३ भदौको आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैंबाट उनलाई जिल्ला अदालत उपस्थित गराएको हाे ।

यसअघि म्याद थपसम्बन्धी प्रक्रियाका लागि प्रहरीले उनलाई सरकारी वकिल कार्यालय लगेको थियाे।  एमाले अध्यक्ष केपी ओलीलाई पनि सरकारी वकिल कार्यालय हुँदै अदालतमा उपस्थिति गराउने तयारी छ। 

२३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको १२ घण्टामै ओली र लेखक पक्राउ परेका हुन् । प्रहरी टोलीले ओलीलाई भक्तपुर गुन्डुस्थित निवास र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरकै कटुन्जेबाट शनिबार बिहानै नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई ‘लापरबाही र हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने’ कसुरमा पक्राउ गरिएको हाे । आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीकै लापरबाहीका कारण युवाहरूको ज्यान गएको निष्कर्षसहित फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । 

सुझावित समाचार