दाङको अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले ‘डबल एयरसस्पेन्सर’ गाडी ल्याएको छ । एक करोड १० लाख मूल्य पर्ने गाडी पहिलोपटक दाङ–काठमाडौं सञ्चालनका लागि ल्याएको हो ।
चारवटा गाडीको शुक्रबार तुलसीपुर बसपार्कमा उद्घाटन गरिएको छ । बसमा आरामदायी सोफासेट रहेको, एसी, वाइफाई, सिसी क्यामराको समेत सुविधा रहेको चालक नारायण रावतले बताए ।
मनोलिसा नामका ती बसहरूमा आठजना सुत्न मिल्ने र ४३ वटा आरामदायी बस्न मिल्ने सिट छन् । यात्रुलाई सहज यातायात सेवा दिनका लागि यस्ता बस ल्याइएको कम्पनीका अध्यक्ष घनश्याम बस्नेतले बताए । गाडीहरूले आइतबारदेखि सेवा दिनेछन् । प्रत्येक दिन साँझ साढे ६ बजे तुलसीपुर बसपार्कबाट छुट्नेछन् ।