सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई प्रविधियुक्त बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यससम्बन्धी निर्णय गरेको हो।
बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची तय गरेकोमा सिआइबीको सुधारलाई पनि प्राथमिकतामा राखेको छ। जसका लागि तत्कालै एक करोड रुपैयाँ उपलब्ध गराउने कार्यसूचीको ९४ नम्बर बुँदामा उल्लेख छ।