ओली र लेखकको पक्राउप्रति एमाले मकवानपुरको आपत्ति, तत्काल रिहाइको माग

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति घोर आपत्ति जनाएको छ ।

पार्टीका कार्यावाहक अध्यक्ष हिदम लामाले जारी भदौ २३ र २४ गते ‘जेन–जी’ नाममा भएको आन्दोलनका घटनाको छानबिनका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले गिरफ्तारी गरिएको आरोप लगाएका छन्।

उनले गैरकानुनी रूपमा पक्राउ पुर्जी जारी गरी गरिएको गिरफ्तारीले कानुनी राज्यको उपहास गरेको उल्लेख गर्दै यस्तो कदमले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन्। विज्ञप्ति जारी गर्दै कावाअध्यक्ष लामाले अध्यक्ष ओली र लेखक दुवैको गिरफ्तारीलाई गैरसंवैधानिक, गैरराजनीतिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिँदै उनीहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।

साथै, राजनीतिक असहमतिलाई दमनमार्फत समाधान खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत हुने उल्लेख गर्दै विधि र प्रक्रियाअनुसार अघि बढ्न सरकारलाई आग्रह पनि गरिएको छ।

सुझावित समाचार