जिन्दगीको आरोह र अवरोह

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

मेरा मनका वाक्यांशहरू पत्ता लगाउन सक्दिनँ म 
लाग्छ चिन्तनको रक्षक हो म
सामना गर्नु छ सकारात्मक र नकारात्मक चिन्तनको 
यो संसार मेरो होइन जस्तै लाग्छ 
तर थाहा छ कोही छ आफूलाई बुझ्ने 
भरिएको छ यो संसार अहंकारले 
सजिलैसँग आउँदैन महानता 
भोग्नु छ बाटोमा आएका जिन्दगीका परिस्थितिहरू 
साबित गर्नु छ आउने दिनहरूमा 
भरिएका छन् जिन्दगीको बाटोमा काँडैकाँडाहरू 
छन् अस्तव्यस्त क्षणहरू 
ल्याउँदछ यो संसारले थकान र चिन्ता 
गर्नु छ संघर्ष जिन्दगीको मोडहरूमा
अघि बढ्नु छ निर्भिक भएर 
व्यहोर्नु छ जिन्दगीमा परिणामहरू 
ऐनाजस्तै हो जिन्दगी 
गराउँछ पुराना पलहरू प्रतिबिम्बित 
झन् स्पष्ट देखिन्छ पछाडि फर्केर हेर्दा 
छन् बहुमूल्य जिन्दगीका हरेक पलहरू 
आत्मसात् गर्नु छ जिन्दगीको यात्रालाई
गर्नु छ यात्रा टाढासम्म 
उतारचढाव छन् जिन्दगीको यात्रामा 
गर्नेछु साहस जिन्दगीका पाइला–पाइलामा 
जिन्दगीका सबै चुनौतीबाट माथि उठ्छु म 
उतारचढावबाट उच्च हुन्छु म 
अघि बढ्नु छ हिम्मत नहारीकन 
हुनुपर्छ साहस 
राख्नुपर्छ आशा
दिनेछ अज्ञात शक्तिले आशाको किरण 
निर्भिक भएर अघि बढ्नु छ 
जिन्दगीका हरेक पाइलामा 
जिन्दगीको उत्तर खोजिरहन्छु म 
पुग्नु छ जिन्दगीको गन्तव्यमा ।

See More On

सुझावित समाचार