प्रधानमन्त्री बालेनलाई शपथपछि मोदीको बधाई

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मोदीले प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गरेकोमा बधाई व्यक्त गरेका हुन्। उनले शाहको नियुक्तिले नेपाली जनताले नेतृत्वप्रति राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्।

मोदीले भारत–नेपालबिचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा मिलेर काम गर्न आफू तत्पर रहेको पनि बताएका छन्।मोदीले भनेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई । यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।’

 

See More On

सुझावित समाचार