वाडा अटो सोमा बिवाइडी किन्दा विशेष छुट

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले विशेष अफर ल्याएको छ । कम्पनीले पोखराको लेकसाइडस्थित तालबाराही चौरमा ११ देखि १५ चैतसम्म चल्ने वाडा अटो सोलाई लक्षित गरी उक्त अफर ल्याएको जनाएको छ । 

पाँच दिनसम्म चल्ने इभेन्टमा बिवाइडीले सीमित समयका लागि विशेष अफर उपलब्ध ल्याएको छ । कम्पनीका अुनसार प्रत्येक गाडी बुकिङबापत पाइने सो स्पेसल वाडा अटो सो अफरमार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुने बताइएको छ । यसअन्तर्गत ब्याट्री र मोटरमा १० वर्ष वा दुई लाख किलोमिटरको वारेन्टी, एक वर्षको फ्री इन्स्योरेन्स उपलब्ध हुनेछ । 

त्यसैगरी, एक वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, फ्री एसेसरिज, कम्प्लिमेन्ट्री होम चार्जर पनि सँगै उपलब्ध हुने बताइएको छ । यसका लागि स्टल ए१२ मा अवलोकन गर्न सकिनेछ । 

‘काठमाडौंबाहिरका ग्राहकसँग जोडिन र बिवाइडीले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउनका लागि वाडा अटो सो एउटा उत्कृष्ट प्लाटफर्म हो । हाम्रो विशेष अफर र प्रमाणित प्रविधिमार्फत इभीको स्वामित्वलाई सहज पहुँचयोग्य र फलदायी बनाउने लक्ष्य हामीले लिएका छौँ,’ कम्पनीले भनेको छ ।

बिवाइडीका सबै सवारीसाधन कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लाटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउन भूमिका खेलेको कम्पनीले बताएको छ । 
 

See More On

सुझावित समाचार