नेप्से परिसूचक १४ अंकले बढ्यो

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

दिनभर उतारचढावमा रहेको नेपाली सेयर बजार अन्तिम समयमा सुधारिँदै दोहोरो अंकले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन बुधबार भने नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा अडिएको थियो।

यद्यपि, सूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ। बिहीबार ३४३ वटा कम्पनीका करिब तीन करोड चार लाख कित्ता सेयर तीन अर्ब ३८ करोड रुपैयाँबराबरमा किनबेच भए। बुधबार भने कुल १५ अर्ब नाै करोड रुपैयाँको कारोबार भएको थियो।

कारोबारमा आएका कुल कम्पनीमध्ये १७८ वटाको सेयर मूल्य बढ्दा ८० वटाको घटेको छ भने आठवटाको मूल्य स्थिर रह्यो।

यस दिन पाँच कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होटेल फोरेस्ट, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले उच्च लाभ कमाए।

सुझावित समाचार