प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार ११:१५ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने कार्यक्रम राष्ट्रपति कार्यालयले तय गरेको छ । बिहीबार २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा ज्येष्ठ सदस्य केसीले २७४ सांसदलाई शपथ गराउने कार्यसूची संसद् सचिवालयले तयार गरेको छ ।
प्रतिनिधिसभामा रास्वपा १८२, कांग्रेस ३८, एमाले २५, नेकपा १७, श्रम संस्कृति सात, राप्रपा पाँच र स्वतन्त्र एक सदस्य निर्वाचित भएका छन् । संसद्ले शपथ लिएको अर्को दिन १३ चैतमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् ।
यसअघि संसद्को शपथपूर्व नै प्रधानमन्त्रीले शपथ लिने गरिएको भए पनि यसपटक शाहले संसद्पछि मात्र प्रधानमन्त्रीको शपथ लिने भएका छन् । संसद् सचिवालयका अनुसार शपथसँगै प्रतिनिधिसभाका केही बैठक शपथ लिएकै अस्थायी हलमा हुनेछन् ।