पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री आचार्यसँग २ लाख ५० हजार धरौटी माग

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा एमाले नेता भीम आचार्यसँग अदालतले दुई लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। सोमबार विशेष अदालतमा उपस्थित भएका आचार्यसँग न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । उनी धरौटी बुझाउने प्रक्रियामा रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। 

आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक रुपमा बढाएर अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले आठ अर्ब ३६ करोडको बिगो कायम गरी दायर गरेको सो मुद्दामा पाँच पूर्वमन्त्रीलाई प्रतिवादी बनाएको थियो। जसमा रामशरण महत, रामकुमार श्रेष्ठ, दीपक अमात्य र स्वर्गीय पोष्टबहादुर बोगटी छन्। 
 

सुझावित समाचार