भारतीय सीमासँग जोडिएको महोत्तरीको मटिहानी नगरपालिका– ८ को नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल र वडाध्यक्ष रितेशकुमार साहले सोमबार दुईतते भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
स्थानीय तथा कार्यपालिका सदस्यसमेत रहेका अरुण नाहरले उपलब्ध गराएको १६ धुर जग्गामा बनाइएको उक्त दुईतले प्रशासनिक भवन ९५ लाख ११ हजार २२७ रुपैयाँ (मूल्य अभिवृद्धि करसहित)मा निर्माण भएको हो। भवनमा चार कार्य कोठा, एक सभाहल र शौचालय छ।
नगरप्रमुख मण्डलले भवन उद्घाटनपछि सभालाई सम्बोधन गर्दै हालसम्म वडाको भवन निर्माण विविध कारणले हुन नसकेकोमा सबैको साथ र सहयोगले अहिले सम्भव भएको बताए।
नवनिर्मित भवन उद्घाटन समारोहमा नगर उपप्रमुख मञ्जुदेवी साह तथा वडाध्यक्षहरूलगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।