नेपाल लाइफको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

 नेपाल लाइफ इन्स्योरेन्सले नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबिच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मी र कम्पनी सचिव विनोदकुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार क्यालेन्डरमा बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको छ । 

सुझावित समाचार