निजामती सेवाबाट अवकाशपछि राजनीतिमा लागेका पूर्वसचिव केदारबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अधिकारी पर्यटन मन्त्रालयको सचिव हुँदा पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । नियमविपरीत परामर्शदातालाई प्राधिकरणबाट बजेट लिएर ४६ करोड अनियमितता गरेको भन्दै उनीसहित २१ जनाविरुद्ध मुद्दा दायर भएको हो।
अधिकारी राप्रपाको केन्द्रीय सदस्यका साथै मुख्यसचिवका रूपमा कार्यरत थिए।
राप्रपाकै अध्यक्ष राजेन्द्र लिङ्देन अध्यक्षताको संसदीय छानबिन उपसमितिले पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको औँल्याएको थियो। विमानस्थल निर्माणमा सुरुदेखि नै अनियमितता भएको सो उपसमितिको प्रतिवेदनमा उल्लेख छ।