इन्फिनिक्सले आफ्नो नयाँ स्मार्टफोन नोट ६० सिरिज र नोट एज नेपालमा सार्वजनिक गरेको छ। नयाँ सिरिज स्मार्टफोन प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन, टिकाउपन र आकर्षक डिस्प्ले अनुभव दिने उद्देश्यले तयार गरिएको कम्पनीको दाबी छ।
यो सिरिजमा ६५०० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुनिश्चित गर्छ। नोट ६० प्रोमा ९० वाटसम्मको फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ।
५० एमपी क्यामेरा सिस्टम र लाइभ फोटो मोडसहित, विभिन्न अवस्थाहरूमा पनि स्पष्ट र जीवन्त फोटो खिच्न सक्षम। नोट ६० सिरिज र नोट एज अब देशभरका आधिकारिक पसलहरूमा उपलब्ध छन्।
नोट ६० सिरिजमा प्रिमियम मेटल डिजाइन प्रयोग गरिएको छ। नोट ६० प्रोमा स्न्यापड्रागन ७एस जेन४, नाेट ६० मा डाइमेनसिटी ७४०० अल्टिमेट र नोट एजमा डाइमेनसिटी ७१०० प्रोसेसर प्रयोग गरिएको छ।
सबै मोडेलहरूमा १४४ हर्ज १.५के अल्ट्रा एचडिआर डिस्प्ले रहेको छ, जसले स्मुद र आकर्षक भिजुअल अनुभव दिने कम्पनीले जनाएकाे छ। नोट एजमा थप थ्रिडी कर्भ्ड एमोलेड डिस्प्ले दिइएको छ।
यस्तो छ मूल्य :
नोट एज
८ जिबी+१२८ जिबी = रु. ४१,९९९
८ जिबी+२५६ जिबी = रु. ४७,९९९
नोट ६०
८ जिबी+१२८ जिबी = रु. ४५,९९९
८ जिबी+२५६ जिबी = रु. ५१,९९९
नोट ६० प्रो
८ जिबी+२५६ जिबी = रु. ५९,९९९
१२ जिबी+२५६ जिबी = रु. ६६,९९९