सकियो भक्तपुर फिल्म महोत्सव

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

भक्तपुर फिल्म महोत्सव सकिएको छ। ६ चैतदेखि सुरु भएको महोत्सवमा २४ फिल्म देखाइएका छन्। सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’ देखाउँदै महोत्सवको समापन गरिएको हो।

भक्तपुरस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजित कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मी उपस्थित थिए।

महोत्सव नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै सुरु भएको थियो। महोत्सव भक्तपुरका युवा फिल्मकर्मीहरू किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेको हो।

महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनिर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्म र डकुमेन्ट्री देखाइएका थिए। महोत्सवका निर्देशक किरण किलम्बू हुन्।

सुझावित समाचार