सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार पाँच सय रुपैयाँले घटेको छ। केही समयदेखि निरन्तर उकालो लागेको सुनको भाउ  घटेर तोलामा दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य २७ हजार चार सय रुपैयाँले घटेको छ। 

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको भाउ चार हजार ८९५ रुपैयाँ कायम थियो।

सुझावित समाचार