धम्बोझीमा १५ करोड लगानीमा होटेल कान्तिपुर

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको धम्बोझी चोकमा करिब १५ करोड रुपैयाँ लगानीमा निर्मित ‘होटेल कान्तिपुर प्लाजा’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

युवा उद्यमी तथा सञ्चालक ऋषिराम कँडेलका अनुसार दुईतारे मापदण्डअनुसार निर्माण गरिएको यो होटल ०८२ चैत ६ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक तथा विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य सेवा प्रदान गर्ने लक्ष्यसहित होटेल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

होटेलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन्, जसमा विलासी अनुभवका लागि दुईवटा स्विट रुमसमेत उपलब्ध छन् । सबै कोठामा एसी तथा २४सै घण्टा तातोपानीको व्यवस्था गरिएको छ । पाहुनाहरूको सहजताका लागि आठ जना अट्ने आधुनिक लिफ्ट पनि जडान गरिएको छ । डिजिटल सेवालाई प्राथमिकता दिँदै होटेलमा ई–सेवालगायतका विभिन्न प्लाटफर्ममार्फत कोठा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, होटेलमा ६० जना क्षमताको सभाहल, ५० जना क्षमताको रेस्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा छन् । सवारीसाधनको सुरक्षाका लागि अन्डरग्राउन्ड पार्किङको सुविधासमेत उपलब्ध गराइएको छ । धम्बोझी चोकजस्तो व्यस्त व्यापारिक केन्द्रमा सञ्चालनमा आएको यस होटेलले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै नेपालगन्जको आर्थिक तथा पर्यटकीय गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

See More On

सुझावित समाचार