बर्दियाको पर्यटकीय क्षेत्र ओखरिया छायांकन गरिएको मायाको डोरी बोलको गीत सार्वजनिक

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

बर्दियाको गेरुवा गाउँपालिका- १  मा रहेको पर्यटकीय क्षेत्र ओखरिया इन्टेकमा छायांकन गरिएको मायाको डोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

गीतमा  गायिका मेलिना राई र गोपाल नेपाल जिएमको आवाजमा रहेको छ। मायाको डोरी बोलको गीतमा नरेश एमसीको शब्द रहेको छ भने म्युजिक भिडियोमा दिपीका कार्की र नरेश एमसी अभिनय गरेका छन्। 

गीत बर्दियाकाे प्रमुख पर्यटकीय क्षेत्र ओखरिया इन्टेकलगायत अन्य रमणीय क्षेत्रमा छायांकन गरिएको थियो भने गीतको निर्देशन मुकेश नेपालीको निर्देशनमा तयार पारिएको हो। गीत नरेश जिएमको आधारित युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

यसअघि जिएमले लाहुरे मत सोल्टिनी, फौजीको बर्दिमा, खाउली पेन्सनलगायतका थुप्रै गीत बजार ल्याएका छन्।

सुझावित समाचार