पहिरोले कान्ति लोकपथ पूर्ण अवरुद्ध

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका–८, गँगटेमा पहिरो खस्दा कान्ति लोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे सडकमाथिबाट अचानक पहिरो खस्दा सडक अवरुद्ध भएको हो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको छ।

उक्त स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने प्रहरीले जनाएको छ। पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ भने सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।

सुझावित समाचार