टिसिएलका सिलिङ क्यासेट एसी

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

गर्मीलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले टिसिएलका सिलिङ क्यासेट स्प्लिट एसी बजारमा ल्याएको छ । गर्मी बढ्दै जाँदा घरदेखि अफिस र व्यावसायिक स्पेससम्म सहज र सन्तुलित कुलिङको आवश्यकता अझ महत्वपूर्ण बन्ने भन्दै कम्पनीले क्यासेट एसी ल्याएको छ । यो एसीले गर्मीका दिनमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।

छतमा फिट हुने यसको स्मार्ट डिजाइन र ८–वे एयर आउटलेट प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्ने बताइएको । इन्भर्टर प्रविधि, अल्ट्रो–लो नोइज डिजाइन र हेल्थी फिल्टरजस्ता सुविधाले ऊर्जा बचत र स्वच्छ हावा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

यी एसी एक टन, १.५ टन, २ टन, ३ टन र ४ टन क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटेल, बैंक, रेस्टुरेन्ट तथा ठुला स्पेसका लागि प्रभावकारी समाधान प्रदान गर्नेछन् । 

See More On

सुझावित समाचार