नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति गगनकुमार थापाले राजीनामा दिएको कुरामा आफू अनभिज्ञ रहेको जानकारी दिएका छन् । बिहीबार थापाले सभापति पदबाट राजीनामा दिएको विषय बाहिरिएसँगै नयाँ पत्रिकाले राखेको जिज्ञासामा चालिसेले राजीनामा दिएको चर्चा भए पनि आफू अनभिज्ञ रहेको बताए ।
तर, बाहिर थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएको भनिएको छ । निर्वाचनमा आफू र पार्टीले पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको विषय बाहिरिएको छ ।