नेपाल बैंकले ब्याज छुटसहित कर्जा चुक्ता योजना सार्वजनिक गरेको छ । योजनाअनुसार बैंकका कर्जावाल ग्राहकले ०७९ साल चैत मसान्तअगाडि खराब वर्गमा वर्गीकरण भएको बक्यौता साँवा एक करोडसम्मको खराब तथा अपलेखित कर्जा ०८३ असार मसान्तभित्र योजनाअनुसार सर्तसहितको ब्याज छुट पाउनेछन् ।
साथै ८० वैशाख १ गतेपछि निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकले ०८२ चैत मसान्तभित्र बक्यौता साँवा, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुट हुने बैंकले जनाएको छ ।