सुनको भाउ तोलामा २२ सयले घट्यो

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर तीन लाख सात हजार सात सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला तीन लाख नाै हजार नाै सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएको छ। यसअघि चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्। हालको गिरावटले उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार