विश्व लगानी सप्ताह–२०२६ मा मञ्जुश्री फाइनान्सले विभिन्न कार्यक्रम गरेको छ । फाइनान्सले चितवन क्लस्टर शाखामार्फत प्रभातफेरीबाट लगानी सप्ताहको सुरुवात गरेको हो । यस्ता कार्यक्रम सम्पूर्ण शाखाबाट आयोजना गरेको फाइनान्सले जनाएको छ ।
यस वर्षको मुख्य अभिप्राय ‘स्मार्ट मनी टक्स’ रहेको छ । यही अभिप्रायलाई लिएर फाइनान्सले विभिन्न स्कुल तथा कलेजमा कार्यक्रम गरिने बताएको छ ।संस्थाले हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.६ अर्ब कर्जाप्रवाह गरेको छ । साथै, २८ वटा शाखा तथा एक विस्तारित काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ ।