इला होटेल एन्ड रिसोर्टको सिइओमा थापा

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

इला होटेल एन्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई ५ चैतदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।

थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका उच्चस्तरीय होटेल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा रही काम गरिसकेका छन् ।

 आइएमई हस्पिटालिटीमा आबद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । त्यसअघि उनले काठमाडौंस्थित होटेल याक एन्ड यती, भानुआतुस्थित इरिरिकी आइल्यान्ड रिसोर्ट एन्ड ज्वेल क्यासिनो, चितवनस्थित सिजी हस्पिटालिटी तथा भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेको कम्पनीले जनाएको छ । थापाको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा देखिएको नेतृत्व क्षमताले आइएमई हस्पिटालिटीको सेवा गुणस्तर अभिवृद्धि र सञ्चालन सुदृढीकरणमा  महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ ।

आइएमई हस्पिटालिटीअन्तर्गत कम्पनीले काठमाडौंको लाजिम्पाटस्थित होटेल ले हिमालय, पोखराको लेकसाइड रिट्रिट, बागलुङ र गैँडाकोटस्थित होटेल इलालगायत विभिन्न होटेल तथा रिसोर्टको व्यवस्थापन हेर्ने गर्छ । नियुक्तिपछि थापाले इला होटेल एन्ड रिसोर्टको सेवास्तर उकास्ने, सेवा संस्कृतिलाई सुदृढ बनाउने प्रतिबद्धता जनाए । 

सुझावित समाचार