साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ । सोमबार ११ अर्ब ९७ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।
मंगलबार ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर खरिद–बिक्री हुँदा १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँबराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ५६ करोड ३७ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढेको छ ।