गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचन भएका छन् ।
अधिवेशनले उपाध्यक्षहरूमा रोशन थापा, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, ददिवल खड्का, दिनेश पोखरेल, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रवीन गुरुङ, पूर्णचन्द्र बानियाँ, रबिनराज बज्राचार्य, रामशरण सिंखडा, रोजिना प्रधान राई, टंकप्रसाद गैरे, तिलक गैरे, विश्वदीप तिगिला रहेका छन् । महिला उपाध्यक्षमा राधिका गुरुङ (टिका) र युवा उपाध्यक्षमा भीमसेन थापा चयन भएका छन् ।
महासचिवमा डा. चिरञ्जीवी खड्का चयन भएका छन् । उपमहासचिवमा अनुजा प्रधान, वेदराज बस्नेत, दिनेशकुमार घिमिरे, पारसमणि पोखरेल, राजेन्द्र अर्याल, स्वतन्त्रप्रताप शाह चयन भएका छन् । सचिवमा अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा, प्रसुना कँडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिमल्सिना र रमेश भट्ट चयन भएका छन् ।
महिला सचिवमा अमृता थापा कञ्चन चयन भएकी छिन् । कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना, सहकोषाध्यक्षमा अब्दुल बसिद र विमल सुवेदी, महिला सहकोषाध्यक्षमा गंगा खतिवडा चयन भएका छन् । प्रवक्तामा सोम सापकोटा चयन भएका छन् ।