सशस्त्र प्रहरीका चार डिआइजीको पदावधि थप

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलका चार डिआइजीको पदावधि थप भएको छ। गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदीप पाल, लक्ष्मण सिंह, डा. रूपक महर्जन र इ.सन्दीप थापाको पदावधि एक वर्ष थप गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए। 

सशस्त्र प्रहरीमा डिआइजीको पदावधि चार प्लस १ हुने प्रावधान छ। कार्यसम्पादन चित्त बुझेमा पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ। 

पदावधिक थप भएकामध्ये डा. महर्जन र थापा प्राविधिक हुन्। पाल र सिंह भने प्रशासनतर्फका हुन्। 

पाल र सिंह नेपाल प्रहरीको प्राविधिकतर्फ सइ पदमा भर्नाँ भई सशस्त्र प्रहरीमा स्थानान्तरण भएका अधिकारी हुन्। पदावधि थप भएसँगै अब रिक्त हुने एआइजी पदमा उनीहरूमध्येबाटै बढुवा हुनेछ। उनीहरूको कारण सशस्त्र प्रहरीको सिंस १ का अधिकारीको वृत्तिविकासमा असर पर्ने देखिन्छ। पदावधि थप भएका पाल र सिंह औसत कार्यक्षमता भएका र विगतमा कारबाही भोगेका अधिकृत हुन्। पदावधि थप नभएको अवस्थामा उनीहरू ५ चैतदेखि अवकाशमा जाँदै थिए। 

सुझावित समाचार