बुढानीलकण्ठ नगरपालिका– १ स्थित लेमन ट्री होटेलभित्र सञ्चालनमा रहेको गरुढ क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानीलकण्ठ– २ बस्ने ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो । क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध भए पनि सो क्यासिनोमा नेपालीलाई छिराउने सूचनाका आधारमा प्रहरीले छापा हानेको हो । क्यासिनोमा नेपालीलाई जुवा खेलाउँदा क्यासिनो सञ्चालकलाई पनि मुद्दा चल्ने प्रावधान छ ।