अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको उतारचढावले एलपिजी ग्यासको मूल्य बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालीको भान्सामा पर्न थालेको छ । नेपालजस्तो आयातमा निर्भर देशमा उपभोक्ताले वैकल्पिक तथा स्मार्ट भान्सा उपकरणतर्फ ध्यान दिन थालेका छन् । यसका लागि माइक्रोवेभ ओभन ग्यास बचत गर्ने उपयोगी विकल्प हुने गोदरेज कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार माइक्रोवेभ प्रविधिबाट खाना छिटो पकाउन सकिने भएकाले नास्ता, स्न्याक्स, बेकिङ तथा विभिन्न परिकार तयार गर्न ग्यासको प्रयोग घटाउन सहयोग पुग्नेछ । व्यस्त कामकाजी जीवनशैलीका कारण बिहान–बेलुका धेरै समय भान्सामा खर्च गर्न गाह्रो हुने हुँदो यो अहिलेको प्रमुख विकल्प बन्ने कम्पनीको दाबी छ । गोदरेजले बजारमा ल्याएका माइक्रोवेभ ओभनमा खाना, बेक्ड डिस, स्न्याक्स वा अन्य परिकार छिटो पकाउन सकिनेछ । यसले समय बचत गर्नुका साथै ग्यासको प्रयोग पनि धेरै घटाउने कम्पनीले जनाएको छ ।
सोलो, ग्रिल–कन्भिक्सनजस्ता विकल्पमा उपलब्ध यी माइक्रोवेभ २० लिटर, २३ लिटर र २८ लिटर क्षमतामा पाइन्छन् । कम्पनीका अनुसार केही मोडेलमा हेल्दी एयर फ्रायर प्रविधिसमेत उपलब्ध छ, जसले कम तेल प्रयोग गरेर स्वस्थकर खाना तयार गर्न मद्दत गर्छ । नेपालमा भने यी उपकरण सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् ।