सहिद स्मारक डिभिजन लिगका क्लबहरूले अखिल नेपाल फुटबल संघ एन्फा तालाबन्दी गरेका छन्।
सोमबार साँझ एन्फासँगको वार्ता असफल भएपछि क्लबहरूले वर्षाको समयमा ताला लगाएका हुन्।
एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले ताला लगाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
आज दिनभर एन्फापरिसर तनावपूर्ण रह्यो। क्लबहरूले रिले अनसनसमेत सुरु गरेका थिए।
उनीहरूले आफूसँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।
यसअघि खेलाडी संघले पनि एन्फामा ताला लगाएको थियो। पछि सम्झौतापछि ताला खोलिएको थियो।