साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर दुई हजार ७९८.८३ विन्दुमा पुगेको छ। शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो ।
आज ३४५ कम्पनीका तीन करोड सात लाख ९० हजार २११ कित्ता सेयर एक लाख दुई हजार ७५९ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँबराबरको कारोबार भएको छ।
उपसमूहतर्फ उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अन्य सबै समूह घटेका छन्। बैंकिङ समूह सबैभन्दा धेरै १.६१ प्रतिशतले घटेको छ।
सलपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा बढी ६८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ भने सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावरको २२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ।