विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमंग’ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकले देखाएको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।
अभियान अवधिभर प्रत्येक हप्ता एकजना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिकाअनुसार पहिलो हप्ता चैत ८ (आइतबार), दोस्रो हप्ता चैत १५ (आइतबार), तेस्रो हप्ता चैत २२ (आइतबार) र चौथो हप्ता चैत २९ (आइतबार)मा लक्की ड्र सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक हप्ता एक–एकवटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ ।
उक्त अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । यस बम्पर ड्रमार्फत एकजना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन् । ओप्पो नेपालका अनुसार नेपाली नयाँ वर्ष नवीनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो ।